NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.८३ अंकले बढेर १८५८.८९ विन्दुमा उक्लिएको छ ।

नेप्से बढेपनि कारोबार रकम घटेको छ । आज दुई सय ५१ वटा कम्पनीको ३० हजार ५४५ पटक कारोबारमा २६ लाख ९९ हजार ३३१ को सेयर खरिदबिक्री हुँदा ८८  करोड ६० लाख ९८ हजार रूपैयाँको कारोबार भएको छ ।

आज ४ वटा उपसमूहका उपसूचक घटेका छन् । ४ वटा उपसमूहहरूमा वित्त ०.०३, जलविद्युत ०.०५, लघुवित्त ०.३२, र व्यापार ०.०५ प्रतिशते घटेको छ ।

बाँकी उपसमूहको सूचक बढेका छन् । सबैभन्दा बढी अन्य १.९५ प्रतिशतले बढेको छ । विकास बैंक ०.४७, होटल तथा पर्यटन, वित्त ०.१६, लगानी ०.२८, जीवन बीमा ०.३२, उत्पादन ०.२१, सामूहिक लगानीकोष ०.०४, नीर्जीवन ०.१८, अन्य १.९५ प्रतिशतले बढेका छन् ।

आजको कारोबारमा सबैभन्दा धेरै प्राइम कर्मसिएल बैंकको ६ करोड ९३ लाख ४३ हजार रूपैयाँ बराबरको कारोबार भयो । त्यस्तै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त ५ करोड ४९ लाख ४२ हजार, हिमालयन डिष्टिलरी ४ करोड २७ लाख ९० हजार, नेपाल टेलिकम ३ करोड ७६ लाख र पिपुल्स हाइड्रोपावर कम्पनीको ३ करोड २८ लाख रूपैयाँ बराबरको कारोबार भइ शीर्ष ५ मा प्रवेश गरेका छन् ।

आज धैलागिरी लघुवित्त वित्तीय संस्थाका सेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था ६.०६, सिवासी नेपाल ५.९८, नबिल ब्यालेन्सड फण्ड २ ५.९० र रिलायन्स फाइनान्सको ४.०३ प्रतिशतले बढेको छ ।

त्यस्तै आज इष्टर्न हाइड्रोपावरको सेयर सर्वाधिक  ७.९७ प्रतिशतले  घटेको छ । ग्लोबल आइएमइ ब्यालेन्सड फण्ड १ ७.७२, फर्वाड माइक्रोफाइनान्स ६.७६ र पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले  ६.०४ प्रतिशतले गुमाएका छन् ।