NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १ गते

पूर्वमन्त्री आलेलाई मातृशोक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ ।

उनकी आमा ७८ वर्षीया गङ्गादेवीको आज बिहान ४ बजे काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको उनको घरपरिवारले जनाएको छ ।

उच्च रक्तचापका कारण गएको मंसिर ११  मा उनलाई डोटीबाट काठमाडौं ल्याई अस्पताल भर्ना गरिएको थियो ।