NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

१५ दिनभित्र साइन बोर्ड हटाउन भन्दै महानगरले जारी गर्‍यो यस्तो सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका ३० वर्ग फुटभन्दा ठूला परिचय पाटी (साइन बोर्ड) १५ दिनभित्र हटाउन भन्दै सूचना जारी गरेको छ ।

महानगरले महानगरभित्र रहेका सरकारी तथा गैर सरकारी निकाय, व्यवसाय वा कार्यालयले राखेको  ३० वर्ग फुटभन्दा ठूला साइन बोर्ड हटाउन १५ दिने अल्टिमेटम दिएको हो ।

सो समयअविधभित्र पनि बोर्ड नहटाएमा महानगरले हटाउने र लागेको खर्च सम्बन्धित व्यक्तिले नै दिनुपर्ने सूचनामा उल्लेख छ ।