NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

दोहोरो अंकले बढ्यो नेप्से, नेपाल टेलिकमको सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन बढेको नेप्से तेस्रो कारोबार दिन पनि बढेको छ ।

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.२२ अंकले बढेर १८७३.११ विन्दुमा उक्लिएको छ ।

नेप्से बढेसँगै कारोबार रकममा थोरै सुधार देखिएको छ । आज दुई सय ५७ वटा कम्पनीको २३ हजार ३४४ पटक कारोबारमा ३० लाख २२ हजार ५२ रूपैयाँको को सेयर खरिदबिक्री हुँदा ९३  करोड ८ लाख ३९ हजार रूपैयाँको कारोबार भएको छ ।

आज सबै उपसमूहको उपसूचकमा हरियाली छाएको छ । आज सबैभन्दा बढी होटल तथा पर्यटन, वित्त २.४० प्रतिशतले बढेको छ । दोस्रोमा अन्यको २.३१ प्रतिशतले बढेको छ ।

अन्य उपसमूहरूमा बैंकिङ ०.५४, विकास बैंक ०.२५, लगानी ०.१९, जीवन बीमा ०.९३, उत्पादन ०.४५, सामूहिक लगानीकोष ०.०३, नीर्जीवन बीमा ०.३८ र व्यापार ०.८७ प्रतिशतले बढेका छन् ।

आजको कारोबारमा सबैभन्दा धेरै नेपाल टेलिकमको ६ करोड ३८ लाख ३७ हजार रूपैयाँको कारोबार भएको छ ।

त्यस्तै सिभिल बैंक ४ करोड ३ लाख ७० हजार, हिमालयन डिष्टिलरी ३ करोड ८२ लाख ५९ हजार, नबिल बैंक ३ करोड ३६ लाख ९२ हजार र फर्वार्ड माइक्रोफाइनान्स २ करोड ८२ लाख १९ हजार रूपैयाँ बराबरको कारोबार भइ शीर्ष ५ मा प्रवेश गरेका छन् ।

आज आँधिखोला लघुवित्त र सिर्जनशील लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ । ती दुबै लघुवित्तका कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । धैलागिरी लघुवित्त ९.९९, सिवाइसी नेपाल ७.६२ र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले ४.७१ प्रतिशतले कमाएका छन् ।

सनराइज ब्लुचिपको सबैभन्दा धेरै ४.६७, गरिमा डिवेन्चर ३.९४, फर्वाड माइक्रोफाइनान्स २.५१, लिवर्टी इनर्जी २.३९ र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले २.२७ प्रतिशतका दरले गुमाएका छन् ।