NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

फिजीमा गठबन्धन सरकार गठन हुँदै

एजेन्सी । फिजीमा गठबन्धन सरकार गठन हुने भएको छ । विपक्षी दल सोसल डेमोक्र्याटिक लिबरल पार्टीले नेशनल फेडरेशन पार्टीको साझेदार पिपल्स एलायन्ससँग मिलेर गठबन्धन सरकार गठन गर्न लागेको हो ।

आगामी चार वर्षका लागि गठन हुने गठबन्धन सरकारका निम्ति सोसल डेमोक्र्याटिक लिबरल पार्टीले पिपल्स एलायन्स र नेशनल फेडरेशनका नेताहरूसँग बेग्लाबेग्लै वार्ता गरेको छ ।

गत बुधबार भएको आमनिर्वाचनमा फिजी फस्ट पार्टीले २६, पिपल्स एलायन्सले २१, विपक्षी दल सोसल डेमोक्र्याटिक लिबरल पार्टीले तीन र नेशनल फेडरेशन पार्टीको साझेदार पाँच स्थान जितेको थियो ।

फिजीको निर्वाचन प्रणालीअनुसार ५५ सदस्यीय संसद्मा २८ वा सोभन्दा बढी स्थान जित्ने दलले सरकार गठन गर्नसक्ने प्रावधान छ । सन् २०१४ देखि सत्तामा रहेको फिजी फस्ट पार्टीले यो निर्वाचनमा बहुमत हासिल गर्न सकेन । विपक्षी गठबन्धनले २९ सिटका साथ नयाँ सरकार बनाउने छ ।