चलचित्र संघले माग्याे भुवन केसीकाे राजीनामा
काठमाडाैं । चलचित्र विकास बोर्ड खारेजीको माग गर्दै चलचित्र संघले आन्दोलनको कार्यक्रमको घोषणा गरेको छ ।
बुधबार काठमाडौंमा भएको देशभरका सय भन्दा बढी हल व्यवसायीको भेलाले बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा माग्दै उनिहरुले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
एक साताअघि नै फिल्म सेन्सर हुनुपर्ने, राति १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने जस्ता बोर्डको नियमलाई लिएर चलचित्र संघले आपत्ति जनाउँदै आएको थियो ।
चलचित्र संघले तत्काल बोर्डले यस्तो नियम नसच्याए हल बन्द गर्ने देखी बोर्डको कार्यलयमा तालाबन्दी गर्ने सम्मको आन्दोलनको कार्यक्रम आज सार्वजनिक गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया