अप्पर सोलु हाइड्रोको साधरणसभा पुस २८ गते, के के छन् एजेण्डा ?
काठमाडाैं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडकको सातैँ वार्षिक साधरणसभा यही पुस २८ गते हुने भएको छ । कम्पनीको ०७९ पुस ६ मा बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार साधरणसभा पुस २८ गते बिहान १० बजे लिसारा रिसेप्सन, भगवती बहाल, नक्सालमा हुने भएको हो ।
साधरणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गरिने छ । त्यस्तै आर्थिक वर्ष ०७८/७९ को वित्तिय विवरणहरू वासलत, नाफा, नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुशुचीहरू उपर छलफल गरी पारित गरिने छ ।
साधरणसभावमा लेखापरीक्षण समितिको सिफारिसि बमोजिम आल ०७८/७९ को लेखापरीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्नेबारे छलफल गरिने छ । साथै सर्वसाधरण समूहको तर्फबाट प्रतिनिधित्व गर्नृ १ जना सञ्चालकको निर्वाचन गरिने, विविध एजेण्डा छन् ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया