महिलाले उच्च शिक्षा लिन नपाउने तालिबानको निर्णय सच्याउन अपिल
एजेन्सी । तालिबान सरकारले महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयको विरोध भइरहेका बेला संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले सो निर्णय सच्याउन आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय वुमन (युएन वुमन) का कार्यकारी निर्देशक सीमा बहाउसले सो आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘अफगानिस्तानको तालिबान सरकारको गरेको यो निर्णय तुरुन्त सच्याउनुपर्छ र उसका कारणले महिलाले अधिकार नपाउन अवस्थाको तत्कालै अन्त्य हुनुपर्छ । शिक्षामा महिलाको पनि समान अधिकार रहेकाले त्यसको सबैले सम्मान गर्नुपर्छ । ’
तालिबान सरकारका शिक्षा मन्त्रीले यसै हप्ता तालिबान सरकारले सो निर्णय गरेको बताएका थिए । अफगानिस्तानका किशोरी तथा महिलालाई विश्वविद्यालय जानबाट प्रतिबिन्धत गरेको घटनाको सबैतिर विरोध भएको छ ।
मङ्गलबार मात्र पनि अफगानिस्तानमा लागि संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधि रोजा ओटुन्बोयाले विज्ञप्ति प्रकाशन गरेर यसको विरोध गरेका छन् । उनले यस्तो निर्णय अफगानिस्तान देशको हितमा पनि नभएको र अहिलेको युगमा पनि महिलाले विश्वविद्यालय गएर अध्ययन गर्न नपाउनु भनेको निकै नै दुःखद भएको धारणा संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले राखेका छन् ।
दुई वर्षअघि अफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि त्यहाँका महिलाको अधिकार खोसिएको छ । उनीहरुलाई धेरै सार्वजनिक स्थल र कार्यमा प्रतिबन्ध लगाएको छ र अहिले पछिल्लो समयमा आएर उनीहरु विश्वविद्यालय पनि जान नपाउने गरी प्रतिबन्ध लगाइएको बताइएको छ ।
तालिबानहरुले महिला अधिकारको हनन् गरिरहेकाले संयुक्त राष्ट्रसङ्घीय सभा तथा बैठकहरुमा यस्ता विषयमा कुरा उठाउनुपर्ने धारणा पनि राखिएको छ ।
बहाउसले बुधबार एक अपिल जारी गर्दै अफगानिस्तानको विकासका लागि महिलाको पनि ठूलो योगदान रहेकाले यस्तो निर्णय तत्कालै सच्याएर यहाँका सबै नागरिकले उचित र न्यायपूर्ण रुपमा शिक्षा लिन पाउने अधिकारको रक्षा गर्न पाउनुपर्ने बताएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया