NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

नेप्से स्थिर, कारोबार रकम १ अर्ब नाघ्यो

काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक स्थिर रहेको छ। आज नेप्से परिसूचक ०.०१ अंक घटेर १८६७.२१ विन्दुमा झरेको छ।

बिहीबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ८६ करोडको शेयर कारोबार भएकोमा यस दिन बिहीबार २४७ स्टकको २३ हजार पटकको कारोबारमा ३१ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री  हुँदा १ अर्ब ११ करोड ९७ लाख ९७ हजार रुपैयाँ बराबरको भएको छ ।

बिहीबार १३ उपसमूहमध्ये ३ उपसमूह सकारात्मक रहेका छ भने बाँकी १० उपसमूहको नकारात्मक रहेका छन्। यस दिन अन्य, म्युचुअल फण्ड र बैंकिङ उपसमूहको परिसूचक सकारात्मक रहेका छन् । अन्य उपसमूहको परिसूचक सर्वाधकि २.०४ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.२८ प्रतिशत घटेको छ।

बिहीबार कारोबार रकमका आधारमा नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १४ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । एनआईसी एशियाको ५ करोड ६९ लाख, नबिल बैंकको ५ करोड ३१ लाख, हिमालयन डिष्टिलरी ४ करोड ८१ लाख शिभमको ३ करोड ९९ लाख रूपैयाँ बराबरको शेयर कारोबार भइ शीर्ष ५ मा प्रवेश गरेका छन् ।

बिहीबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। श्रृजनशील लघुवित्त र धौलागिरी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष