NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

नयाँ सांसदहरू, नयाँ गफाडीहरू : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नवनिर्वाचित सांसदहरूलाई गफाडीको संज्ञा दिएका छन् ।

नवनिर्वाचित कतिपय सांसदमाथि आम नागरिकले आशावादी नजर लगाइरहेका बेला बालेनले सामाजिक सञ्जालमा छोटो साहित्यिक स्ट्याटस पोस्ट् गर्दै कटाक्ष गरेका हुन् ।

उनले लेखेका छन्, ‘नयाँ सांसदहरू, नयाँ गफाडीहरू, उही पुरानो देश, उही पुराना व्यापारीहरू ।’

नवनिर्वाचित सांसदले शपथ लिएलगत्तै कसप्रति लक्ष्य गरेर बालेनले यस्तो असन्तुष्टि पोखेका हुन् भन्ने खुलेको छैन । तर कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको यो शैली रुचाएका छैनन् । बालेनजस्तो व्यक्तिले यसरी छुद्रता प्रदर्शन गर्न नहुने उनीहरूको भनाइ छ ।

अनिष तामाङ नाम गरेका फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘हर्केको हावाले छुन थाल्यो बालेन ब्रोलाई ।’