NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

निर्णायक बैठकमा बस्दै सत्तागठबन्धन दल, जुट्ला त सहमति ?

काठमाडौं । सत्ता साझेदारीको विषयलाई लिएर आज सत्तागठबन्धन दल निर्णायक बैठकमा बस्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको अन्तिम समयसीमा आइतबार साँझ ५ बजे नजिकिनै लाग्दा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत सत्तागठबन्धन दलका नेता निर्णायक छलफलमा जुट्न लागेका हुन् ।

आइतबार बिहान १० बजे गठबन्धन दलका शीर्ष नेताको बैठक फेरि बस्न लागेको कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । आइतबार बस्ने बैठकले सत्तासाझेदारीको विषयमा ठोस सहमति गरेर गठबन्धनलाई निरन्तरता दिने उनले दाबी गरे ।

सत्तागठबन्धन दलबीच गठबन्धनलाई निरन्तरता दिने विषयमा मतैक्यता भए पनि सरकारको नेतृत्व लिनेबारे अझैसम्म सहमति जुट्न सकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवा आलोपालो प्रणालीमा सहमत भए पनि पहिलो चरणमा आफू प्रधानमन्त्री हुनुपर्ने अडानमा छन्  । सुरुदेखि नै सरकारको नेतृत्वमा दाबी गरेका प्रचण्डले बरु गठबन्धन तोड्ने तर प्रधानमन्त्री नछाड्ने रणनीति बनाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि औपचारिक आह्वान गरेयता सरकारको नेतृत्वका मुख्य दाबेदार देउवा र प्रचण्डबीच विभिन्न चरणमा छलफल भएका छन् । तर अहिलेसम्म सहमति जुटेको छ ।

आइतबार बस्ने बैठकबाट सत्तासाझेदारीका विषयमा ठोस सहमति निर्माण गरेर यसलाई निरन्तरता दिने गठबन्धनका नेताको तयारी छ । तर दुवै नेता आफ्नो अडानमा टसको मस नभएको र राष्ट्रपतिले दिएको समयसीमा पनि आइतबार साँझ ५ बजेबाट घर्कंन लागेकाले गठबन्धन संकटको डिलमा पुगेको विश्लेषण हुन थालेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष