NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

बालुवाटारमा कांग्रेस नेताको छुट्टै बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूको छुट्टै बैठक राखेका छन् । सरकारको नेतृत्व र सत्तासाझेदारीको विषयबारे छलफल गर्न गठबन्धन दलको बैठक बस्नुअघि देउवाले पार्टीका नेताहरूको अलग्गै बैठक गरेका हुन् ।

कांग्रेसका एक नेताले सरकारको नेतृत्व र शक्ति बाँडफाँटबारे गठबन्धनको बैठकमा कसरी प्रस्तुत हुने भन्ने निर्क्योल गर्न छलफलमा जुट्न लागेको जानकारी दिए ।

सत्तासाझेदार दलबीच गठबन्धनलाई निरन्तरता दिने विषयमा समस्या नभएपछि पहिले गर्नेबारे कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच कुरा मिल्न बाँकी छ । दुवैले आलोपालो प्रणालीअनुसार पहिले आफूले नेतृत्व गर्न पाउनुपर्ने अडान लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ५ बजेभित्र बहुमतसहित सरकारका नेतृत्वमा दाबी प्रस्तुत गर्न समयसीमा दिएकाले सत्तागठबन्धन दल तीव्र दबाबमा छन् । यसलाई सल्ट्याउन अहिले बिहान १० बजे सत्तागठबन्धनका दलहरूको निर्णायक बैठक बस्ने तय भएको छ ।