NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

देउवाको हठले टुट्यो सत्ता गठबन्धन

काठमाडौं । शक्ति भागवण्डामा राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो अडान नछोड्दा सत्ता गठबन्धन टुटेको छ ।

सत्ता गठबन्धनमा भाग लिएको माओवादी केन्द्रले एमालेसहित अन्य चार दलसँग गठबन्धन गर्ने निर्णय गरेसँगै देउवा नेतृत्वको सत्ता गठबन्धन टुटेको हो ।

आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको पाँच दलीय बैठकले प्रचण्डलाई दुई वर्षका लागि प्रधानमन्त्री बनाउन सहमति जुटाएका हुन् ।

बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समादवादी पार्टी, जनमत पाटी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सहमति जुटाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँच बजेसम्म प्रधानमन्त्री टुंगो लगाउन दलहरूलाई ‘अल्टिमेटम’ दिएकी छन् ।