यी हुन् प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरू
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गापनियताको सपथग्रहण गरेलगत्तै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट आफूले पद तथा गोपनियताको सपथ लिएपछि मन्त्रीहरूलाई सपथ खुवाउने तयारी उनको छ ।
पहिलो चरणमा प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट चार जना, माओवादीबाट एक जना, रास्वपाबाट एक जना र जसपाबाट एक जना मन्त्री बन्ने भएका छन् ।
एमालेबाट विष्णु पौडेलको नेतृत्वमा चार जना मन्त्री सरकारमा जान लागेका हुन् । एमालेबाट सरकारमा जानेमा पौडेल उप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने भएका छन् । मन्त्रीमा ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्रकुमार राई रहेका छन् ।
यसैगरी माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उप्रधानमन्त्रीसहित परराष्ट्र वा भौतिक पूर्वधारमध्ये एक पाउन पक्का भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन् । जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल मियाँ उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् ।
सत्ता साझेदार राप्रपा र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने भएको छ । जसपाबाट को मन्त्री भन्नेमा टुंगो लागेको छैन ।
सोमबार संसद भवन नयाँबानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठकले दलहरूले पाउने मन्त्रालयमा भागबण्डा मिलाएका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया