NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

कांग्रेस इतर समूह बैठक : को गए, को गएनन् ?

काठमाडौं । कांग्रेस संस्थापनइतर समूहको बैठकमा सहभागी हुने ठानिएका केही नेता अनुपस्थित भएका छन् ।

इतर समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौेडेल उपस्थित हुने ठानिए पनि अनुपस्थित रहेका हुन
। संसदीय दलको निर्वाचनमा इतरको कित्तामा उभिएसँगै इतरको महत्त्वपूर्ण निर्णय प्रक्रियामा नेताद्वयको उपस्थिति चासोको विषय बनेको थियो ।

कांग्रेसका नेता अर्जुननरसिंह केसीले सबैलाई जानकारी नगरिएको र काठमाडौंमा उपलब्ध नेताबीच सामान्य छलफल मात्रै भएकाले उपस्थित नभएको बताए ।

‘यो सामान्य छलफल थियो, सबैलाई जानकारी थिएन । उहाँहरूलाई जानकारी नभएकाले आउनुभएन । अब बस्ने बैठकमा व्यापक छलफल र रणनीति तय हुन्छ । त्यो बैठकमा उहाँहरूको उपस्थिति रहनेछ,’ केसीले भने ।

नेता पौडेलले भने बैठकबारे आफूले जानकारी नपाएकाले बैठकमा उपस्थित नभएको बताए । ‘बैठकबारे जानकारी थिएन,’ पौडेलको प्रतिक्रिया छ ।

६ पुसमा संसदीय दलको नेता चयनको प्रक्रियासँगै महामन्त्री शर्मा र पौडेल रूपान्तरणको पक्षमा भन्दै इतर समूहको पक्षमा उभिएका थिए ।