NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

बाग्मती प्रदेशसभा सदस्यले शपथ लिए

काठमाडाैं । बाग्मती प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले बिहीबार प्रदेशसभा सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन ।

प्रदेशसभाका ११० सदस्यहरुले शपथ ग्रहण गरेका छन् । जसमध्य १२ सदस्यले नेपाल भाषामा र ३ जनाले तामाङ भाषामा शपथ लिएका छन् ।

शपथ ग्रहणमा प्रदेशका पुर्वमुख्यमन्त्रीहरु राजेन्द्र पाण्डे, डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य पनि सहभागि भएका थिए ।