NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सत्ता साझेदार दलको संयोजकसमेत रहेका अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न शुक्रबार बिहान बालुवाटार गएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्ड र ओलीबीच सरकारको न्यूनतम साझा कार्यक्रम तथा समसामायीक राजनीतिबारे छलफल भएको छ ।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले ओलीलाई सरकार सञ्चालन कार्यदलको संयोजक तोकेको थियो । पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने सत्ता पक्षको तयारी छ ।