बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सत्ता साझेदार दलको संयोजकसमेत रहेका अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न शुक्रबार बिहान बालुवाटार गएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्ड र ओलीबीच सरकारको न्यूनतम साझा कार्यक्रम तथा समसामायीक राजनीतिबारे छलफल भएको छ ।
बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले ओलीलाई सरकार सञ्चालन कार्यदलको संयोजक तोकेको थियो । पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने सत्ता पक्षको तयारी छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया