NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

टाटा समूहलाई उचाइमा पुर्याउने कृष्णकुमारको निधन

काठमाडौं (एजेन्सी) । टाटा सन्सका पूर्वनिर्देशक आरके कृष्णकुमारको निधन भएको छ । हृदयघातका कारण आइतबार उनको मुम्बईमा निधन भएको हो । उनी ८४ वर्षका थिए ।

कृष्णकुमार रतन टाटाको भरपर्दो सहयोगी मानिन्थे । टाटाको कन्सल्टेन्सी फर्म आरएनटी एसोसिएट्स र टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्समा ६६ प्रतिशत सेयर रहेको समूहको च्यारिटेबल ट्रस्टमा उनी संलग्न थिए।

उनको निधनप्रति दुःख व्यक्त गर्दै रतन टाटाले एक असल साथी र सहकर्मीको निधनबाट पुगेको क्षतिलाई शब्दले वर्णन गर्न नसक्ने बताएका छन् ।

‘उहाँ टाटा समूह र टाटा ट्रस्टका सच्चा दिग्गज हुनुहुन्थ्यो । सामूहिक र व्यक्तिगत रूपमा गरेको साझेदारीलाई म सधैं सम्झिरहनेछु,’ उनले भनेका छन् ।