नीताकाे ‘ह्रस्व दीर्घ’ मा गरिमा अनुबन्धित
काठमाडौं । टिकटक हुँदै म्यूजिक भिडियोमासम्मा पुगेकी गरिमा शर्मा नीता ढुंगानाको चलचित्र ह्रस्व दीर्घ’ मा जाेडिएकी छन् ।
नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘ह्रस्व दीर्घ’मा भारतीय कलाकारहरुको पनि अभिनय देख्न सकिने छ । चलचित्रको द्वन्द्व निर्देशन चन्द्र पन्तले गर्न लागका हुन् । चलचित्रको छायांकन फेब्रुअरी १ देखि सुरु हुने जनाइएको छ ।
चलचित्रमा गरिमा,नीता र हरिहरलाई मुख्य भूमिकामा देखिने छ भने साउथका कलाकार ब्रह्मानन्दम, सुनिल वर्मा,प्रदीपराज रावत र चर्चित कमेडी कलाकार अलीकोसमेत भूमिका रहेको छ ।
यसै गरी, विपना थापा, सरोज खनाल, सलोन बस्नेत, रविन्द्र झालगायतका कलाकारको पनि अभिनय चलचित्रमा छ । गरिमाले चलचित्र ‘लण्डन टू पेरिस’ बाट नायिकाको रुपमा डेब्यू गरेकी हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया