इजरायली प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन वार्ता
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सिसी बीच आइतबार टेलिफोन वार्ता भएको छ ।
सो अवसरमा द्विपक्षीय सम्बन्ध अगाडि बढाउने र क्षेत्रीय सुरक्षा प्रवर्द्धन गर्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार नेताहरूले क्षेत्रीय र अन्तरराष्ट्रिय विकासका साथै सबै क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने इच्छा व्यक्त गरेका छन्।
‘दुवै देशका जनता र मध्य पूर्वका सबै देशहरूको हितका लागि शान्ति, स्थिरता र सुरक्षा प्रवर्द्धन गर्न विषयमा विशेष महत्त्व दिएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री नेतान्याहु चरम दक्षिणपन्थी गठबन्धन सरकारको नेतृत्वमा पदासीन भएको तीन दिनपछि यो वार्ता भएको हो। इजरायल र इजिप्टले सन् १९७९ मा शान्ति सन्धिमा हस्ताक्षर गरेका थिए ।
सो सन्धी इजरायलले अरब राष्ट्रसँग हस्ताक्षर गरेको पहिलो शान्ति सन्धि थियो । त्यसपछि दुई देश बीच सम्बन्ध सुधारको अपेक्षा गरिए पनि तुलनात्मक रूपमा सम्बन्ध सुध्रेको भने छैन ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया