NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर उकालो लागेकोमा आज झिनो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.०३ अंकले घटेर दुई हजार २०६१.०६ विन्दुमा झरेको छ ।

मंगलबार नेप्से घटेपनि कारोबार रकम बढेको छ । आज  कुल २५७ कम्पनीको ५३ हजार ३१४ पटक कारोबारमा ८२ लाख २२ हजार ८३३ रूपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा कुल ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार रूपैयाँ बराबरको कारोबार भयो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्य बढेको छ भने बाँकी ९ उपसमूहको शेयर मूल्य घटेको छ ।

मंगलबार कारोबारका आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा छ  । जसको ४३ करोड १९ लाख ६४ हजार रूपैयाँको कारोबार भएको छ । यस्तै एनआइसी एशिया बैंकको ९ करोड ६६ लाख ९५ हजार, शिभम सिमेन्ट ९ करोड ४९ लाख १२ हजार, हिमाल दोलखा हाइड्रोपावर ८ करोड १७ लाख ९४ हजार र नेपाल रिइन्स्योरेन्स ८ करोड ३ लाख रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।

नेप्सेका अनुसार मंगलबार स्वेतगंगा हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै वीन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ५.५९ प्रतिशतका दरले गुमाएका छन् ।