सुदूरपश्चिममा मुख्यमन्त्री पदको दाबी पेश गर्न आह्वान
अत्तरिया । सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पदमा दाबी गर्न आज आह्वान गरेको छ । प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले आज दलहरूलाई मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेको हो ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सरकार गठन गर्न कुनै पनि पार्टीको बहुमत नपुगेकाले एक्लैको सरकार बन्नसक्ने छैन । सरकार गठन गर्न लागि दुई वा दुईभन्दा बढी पार्टीको बहुमत भए सरकार बन्ने देखिएको छ ।
सरकार बनाउन २७ सदस्यको आवश्यकता पर्छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पु-याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न यही पुस २७ गते साँझ ५ बजेसम्म समय निर्धारण गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तिका सात नेकपा (एकीकृत समाजवादी) का चार राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया