उच्च अंकले बढ्यो नेप्से, ३ अर्ब ५० करोडको कारोबार
काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बुधबार बजार ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ । यो ३.१५ प्रतिशतको वृद्धि हो ।
बुधबार २५८ कम्पनीको ५७ हजार ३१२ वटा कारोबारबाट ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँको कारोबार भएको छ ।
बुधबार सबै उपसूचकमा हरियाली छाएको । सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले कमाए । यो उपसूचकका लगानीकर्ताले ९.७४ प्रतिशतले कमाएका छन् ।
आज ८ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । यसरी सर्किट लाग्नेमा साल्ट ट्रेडिङ, हिमालयन डिष्ट्रिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्त रहेका छन् । कालिका पावर, आरएसडीसी लघुवित्तको समेत सर्किट लेवलमा कारोबार भयो ।
बुधबार नेपाल एसबीआई डिबेन्चरका लगानीकर्ताले भने सर्वाधिक १.९९ प्रतिशतले गुमाए । सनराइज ब्लूचिप फण्ड १.७४ प्रतिशतले घट्यो ।
बुधबार हिमलयन डिष्ट्रिलरीको सर्वाधिक कारोबार ११ करोड ५२ लाख रूपैयाँको कारोबार भयो । त्यस्तै सानिमा माइ हाइड्रोको १० करोड ८७ लाख, नेपाल टेलिकम १० करोड ४ लाख नेपाल रिइन्स्योरेन्स ९ करोड ७३ लाख र हिमाल दोलखा हाइड्रोपावरको ८ करोड ४० लाख रूपैयाँ बराबरको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया