NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

उच्च अंकले बढ्यो नेप्से, ३ अर्ब ५० करोडको कारोबार

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बुधबार बजार ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ । यो ३.१५ प्रतिशतको वृद्धि हो ।

बुधबार २५८ कम्पनीको ५७ हजार ३१२ वटा कारोबारबाट ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँको कारोबार भएको छ ।

बुधबार सबै उपसूचकमा हरियाली छाएको । सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले कमाए । यो उपसूचकका लगानीकर्ताले ९.७४ प्रतिशतले कमाएका छन् ।

आज ८ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । यसरी सर्किट लाग्नेमा साल्ट ट्रेडिङ, हिमालयन डिष्ट्रिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्त रहेका छन् । कालिका पावर, आरएसडीसी लघुवित्तको समेत सर्किट लेवलमा कारोबार भयो ।

बुधबार नेपाल एसबीआई डिबेन्चरका लगानीकर्ताले भने सर्वाधिक १.९९ प्रतिशतले गुमाए । सनराइज ब्लूचिप फण्ड १.७४ प्रतिशतले घट्यो ।

बुधबार हिमलयन डिष्ट्रिलरीको सर्वाधिक कारोबार ११ करोड ५२ लाख रूपैयाँको कारोबार भयो । त्यस्तै सानिमा माइ हाइड्रोको १० करोड ८७ लाख, नेपाल टेलिकम १० करोड ४ लाख नेपाल रिइन्स्योरेन्स ९ करोड ७३ लाख र हिमाल दोलखा हाइड्रोपावरको ८ करोड ४० लाख रूपैयाँ बराबरको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।