नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङसम्बन्धी सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौतासँगै नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्यांकन र सहकार्य गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नबिल बैंक लिमिटेडका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र अलोइ प्राइभेट लिमिटेडका सहसंस्थापक सोनिका मानन्धरले यो साझेदारीका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
वरिष्ठ सीईओ शाक्यले दीगो वित्तपोषणका रुपमा कमर्सियल इलेक्ट्रिक भेहिकललाई सहजरुपमा ऋण प्रवाह गर्न यस प्रणालीले मद्दत पुग्ने बताए ।
व्यवसायिक विद्युतीय सवारी साधन खरिद गर्न चाहने उद्यमीहरूलाई आकर्षक मूल्य र सजिलो प्रक्रियामा ऋण लिन प्रोत्साहित गर्दै आएको बैंकले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया