के हो विमानमा महिलामाथि पिसाब फ्याँकिएको घटनाको वास्तविकता ?
काठमाडौं (एजेन्सी) । नोभेम्बर २०२२ मा एयर इन्डियाको फ्लाइटमा एक वृद्ध महिलामाथि पिसाब फालिएको भनिएको घटनामा संलग्न भनिएका व्यक्तिका बाबुले आफ्नो छोरामाथि लगाइएको आरोप झुटो भएको दाबी गरेका छन् ।
समाचार एजेन्सी एएनआईलाई शुक्रबार दिएको अन्तर्वार्तामा उनले आफ्नी आमाजस्तो महिलालाई छोराले पिसाब फ्याँकेको कुरा पत्यार नलागेको बताएका छन् । उनले भनेका छन् ‘मलाई लाग्दैन कि आमाजस्तो उमेरकी महिलालाई उसले यस्तो व्यवहार गर्यो ।’
बेलुकाको खानापछि चालक दलका सदस्यले प्रदान गरेको पेय पदार्थ आफ्नो छोराले खाएको र ऊ ३०–३५ घण्टा सुतेको उनले बताएका छन् । लामो समय सुतेर उठेपछि उनीसँग एयरलाइन्सका कर्मचारीले सोधपुछ गरेको उनको भनाइ छ ।
अभियुक्तका बुवाले बताएअनुसार, ‘पीडित’ भनिएकी ती वृद्ध महिलाले सुरुमा उनको छोरासँग पैसा मागेकी थिइन् । उनको मागबमोजिम छोराले पैसा दिए पनि त्यसपछिको घटनाक्रमबारे आफू जानकार नरहेको उनको भनाइ छ । महिलाले आफ्नो छोरासँग त्यसपछि थप केही कुरा माग गरेको र त्यसलाई अस्वीकार गर्दा रिसाएर ब्ल्याकमेलिङ गरिएको हुनसक्ने आशंका पनि उनको छ ।
प्रहरीले सोधपुछका लागि आरोपीका बाबुलाई केही प्रश्न पठाए पनि उनले त्यसको जवाफ नपठाएको एएनआईले जनाएको छ । यो प्रकरणमा प्रहरीले थप दुई व्यक्तिसँग पनि सोधपुछ गरेको छ ।
नोभेम्बर २६ मा एयर इन्डियाको एउटा विमान न्यूयोर्कबाट दिल्लीका लागि उडेको थियो । जुन विमानमा सवार एक वृद्ध महिलाले सोही विमानमा यात्रारत मुम्बईका एक युवाले आफूमाथि पिसाव छ्यापेको आरोप लगाएकी छन् ।
ती वृद्ध महिलाले एयर इन्डियामा उजुरी गरेपछि दिल्ली प्रहरीले बुधबार एफआईआर दर्ता गरेको थियो। यद्यपि, त्यसपूर्व अभियुक्तलाई माफी माग्न लगाउने भन्दै पीडित महिलालाई उजुरी नगर्न आग्रह गरिएको थियो । उजुरी गर्दा ती युवकको श्रीमती र छोराछोरीमा नकारात्मक असर पर्ने भन्दै त्यसो नगर्न सुझाइएको थियो ।
उता, आरोपित युवकलाई उनी कार्यरत संस्थाले परेशान गर्ने किसिमको गतिविधिमा मुछिएको भन्दै सेवाबाट बर्खास्त गरेको छ । ती युवक अमेरिकी फाइनान्सियल सर्भिसेज कम्पनी वेल्स फार्गोमा कार्यरत थिए ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया