NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

शहरीकरणलाई कसरी व्यवस्थित बनाउने ?

काठमाडौं । जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा सहसचिव डा.टोकराज पाण्डेले राष्ट्रिय शहरीकरणलाई व्यवस्थित कसरी गर्ने भन्नेबारे प्रश्नमा समाधान सुझाउनुभएको छ ।

शहरीकरणलाई व्यवस्थित गर्न के गर्नुपर्ला मौलिक सुझाव दिनुहोस् । ५

विकासको प्रतिविम्ब शहरीकरण

साना शहरहरू विकास हुँदै क्रमशः ठूला शहरमा रूपान्तरण हुने प्रक्रिया नै शहरीकरण हो । विकासका पूर्वाधारहरूको यथेष्ट व्यवस्था भएको तथा घना आवादि भएको ठाउँलाई शहरीकरणका रूपमा वा शहरका रूपमा लिन सकिन्छ ।

शहरीकरणलाई व्यवस्थित गर्नुपर्ने उपायहरू

  •  तीव्रतर रूपमा भइरहेको जनसंख्या वृद्धि नियन्त्रण गर्नुपर्ने,
  • बसाइँसराइ प्रक्रियालाई व्यवस्थित गर्ने,
  •  नीतिगत रूपमा नै व्यवस्थित शहरीकरणमा जोड दिने,
  • ग्रामीण क्षेत्रमा साना शहरहरूको विकासमा जोड दिने,
  •  देशको सन्तुलित विकासमा ध्यान दिने,
  • विकेन्द्रित शासन पद्धतिको सिद्धान्त अवलम्बन गर्ने,
  •  स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने,
  •  स्थानीयस्तरमा विकासका पूर्वाधारहरूको स्थापना गर्ने,
  • शहरमा फोहरमैलाको उचित व्यवस्थापन गर्ने,
  •  ढल, खानेपानी, यातायात, सडक विद्युतजस्ता विकासका पूर्वाधारको यथोचित व्यवस्था गर्ने,
  • नागरिकस्तरमा जनचेतना जगाउने,

अन्त्यमा,

नेपालमा संघीयताको पूर्ण कार्यान्वयन संगै शहरीकरणलाई व्यवस्थित गर्नु पर्दछ । त्यसका लागि व्यवस्थित शहरको विकास र सोहीअनुसार जनसंख्या व्यवस्थापन गर्नु आजको आवश्यकता हो ।

(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)

लोक सेवा परीक्षा तयारीसँग सम्बन्धित यसअघि प्रकाशिन सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्