पाकिस्तानी प्रधानमन्त्रीद्धारा चीनको प्रशंसा
इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले पाकिस्तानलाई चीनले आर्थिक सहयोग दिएकामा प्रशंसा गरेका छन् । पाकिस्तानमा गत वर्ष गएको बाढी पहिरोका कारण क्षति भएको र त्यस क्रममा चीनले पाकिस्तानलाई सहयोग उपलब्ध गराएको थियो ।
चीनले पाकिस्तानलाई उपलब्ध गराएको खाद्यान्न हस्तान्तरणका लागि इस्लामावादमा आयोजना गरिएको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । चीनले पाकिस्तानका बाढी प्रभावित नागरिकलाई सहयोग उपलब्ध गराउँदै आएको छ ।
सो क्षेत्रका नागरिकलाई चीनले खाद्यान्न, लत्ताकपडा आदि उपलब्ध गराउँदै आएको छ । गत वर्ष आएको बाढीले पाकिस्तानमा ठूलो क्षति पुगेको थियो ।
बाढीका कारण हजारौँ नागरिक विस्थापित भएका थिए ।अहिले पनि ती नागरिकलाई सहयाताको खाँचो रहेको पाकिस्तानले जनाएको छ । चीनले पाकिस्तानलाई गतवर्षदेखि नै सहयोग गर्दै आएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया