मधेस प्रदेशमा जसपा संसदीय दलको नेतामा यादव चयन
काठमाडौं । मधेस प्रदेशमा जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत चुनिएका छन्।
दलको नेतामा जसपाबाट मुख्यमन्त्रीसमेत रहेका लालबाबु राउत र यादवले दाबी नछाड्दा सोमबार जसपाले मतदान गर्ने निर्णय गरेको थियो । तर अन्तिम समयमा राउतले आफ्नो दाबी फिर्ता लिएपछि यादव सर्वसम्मत दलका नेता चयन भएका हुन् ।
सभामुखसमेत रहेका यादव मधेश प्रदेशका मुख्यमन्त्री हुने लगभग पक्कापक्की भएका छन् । सत्ता गठबन्धनको आइतबार बसेको शीर्ष नेताहरूको बैठकले मधेश प्रदेशमा जसपा र जपाबीच आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो ।
पहिलो चरणमा १६ सिट रहेको जसपाले सरकार बनाउने सहमति भएको छ । दोस्रो चरणमा जनमत पार्टीले सरकार बनाउने छ । मंसिर ४ मा भएको प्रदेश सभा निर्वाचनमा जपाले १३ सिट जितेको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया