मधेस प्रदेशमा जसपा संसदीय दलको नेतामा यादव चयन
काठमाडौं । मधेस प्रदेशमा जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत चुनिएका छन्।
दलको नेतामा जसपाबाट मुख्यमन्त्रीसमेत रहेका लालबाबु राउत र यादवले दाबी नछाड्दा सोमबार जसपाले मतदान गर्ने निर्णय गरेको थियो । तर अन्तिम समयमा राउतले आफ्नो दाबी फिर्ता लिएपछि यादव सर्वसम्मत दलका नेता चयन भएका हुन् ।
सभामुखसमेत रहेका यादव मधेश प्रदेशका मुख्यमन्त्री हुने लगभग पक्कापक्की भएका छन् । सत्ता गठबन्धनको आइतबार बसेको शीर्ष नेताहरूको बैठकले मधेश प्रदेशमा जसपा र जपाबीच आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो ।
पहिलो चरणमा १६ सिट रहेको जसपाले सरकार बनाउने सहमति भएको छ । दोस्रो चरणमा जनमत पार्टीले सरकार बनाउने छ । मंसिर ४ मा भएको प्रदेश सभा निर्वाचनमा जपाले १३ सिट जितेको थियो ।
ताजा अपडेट
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
-
काठमाडौँ महानगरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार
-
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा
-
६ सचिवको सरुवा, पर्यटन, शिक्षा र कृषि सचिव फेरिए
प्रतिक्रिया