खेल प्रवर्द्धनमा खुकुरी रमको सहकार्य
काठमाडौं । दि नेपाल डिस्टीलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रवर्द्धनमासमेत ध्यान दिन थालेको छ ।
पछिल्लो समय खुकुरी रमले खेलको प्रवर्द्धन र खेलाडीहरुको मनोवल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टहरुमा सहकार्यको अभ्यास सुरु गरेको हो ।
हालै खुकुरी रमले प्रदेश १ को एक मुख्य शहर धरानमा आयोजित गल्फ प्रतियोगितामासमेत सहकार्य गरेको थियो । गल्फ खेलको प्रवर्द्धन र खेलाडीहरुको मनोबल वृद्धिका लागि आफूहरुले धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिस्टीलरिजकी इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले जानकारी दिइन् ।
खुकुरी रमले खेलहरुको प्रवर्द्धनका लागि यस्ता इभेन्टहरुमा सहकार्य गरेको यो पहिलो पटक भने होइन । यसअघि फुटबलको नेपाल सुपर लिग र क्रिकेटको एभरेष्ट प्रिमियर लिगमासमेत आफूहरुले सहकार्य गरेको अधिकारीले बताए ।
आफूहरुले गर्ने सहकार्यले नेपालको खेल क्षेत्रको प्रवर्द्धनमा थोरै भए पनि सहयोग पुग्ने र राष्ट्रको सम्पत्तिको रुपमा रहेका खेलाडीहरुको मनोबल समेत वृद्धि हुने अपेक्षा गरेको उनको भनाई छ ।
खुकुरी रमले आगामी दिनमा समेत खेलहरुको प्रवर्द्धनमा सहकार्यको यो श्रृंखलालाई जारी राख्ने उनको भनाई छ ।
खुकुरी रमले हिमाल सरसफाई, दुर्गमका अति विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्रीमा सहयोगजस्ता सामाजिक सेवामा समेत आफ्नो सक्रियता देखाउँदै आएको छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया