NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादी केन्द्रका भण्डारीले गरे उम्मेदवारी दर्ता

काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको सहमति भएबमोजिम सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रले भीम भण्डारीलाई सभामुखको उम्मेदवार बनाएको छ ।

भण्डारीले एमालेको समर्थनमा बुधबार आफ्नो उम्मेदवारी प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् । उनको प्रस्तावकमा माओवादीका गीतादेवी माल र समर्थकमा एमालेकी जानकी बम ऐर छन् । भण्डारी बझाङ प्रदेशसभा २ बाट निर्वाचित सदस्य हुन् ।

विपक्षी नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको छ । सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि बिहीबार मतदान हुने छ ।

आलोपालो सरकार सञ्चालन गर्ने सहमतिअनुसार पहिलो चरणमा एमालेले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । प्रदेश प्रमृख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त दलका नेतालाई मुख्यमन्त्री दाबी गर्न आजसम्मको समयसीमा दिएका छन् । जसअनुसार एमालेले प्रदेश कमिटी सदस्यसमेत रहेका संसदीय दलका नेता राजेन्द्र रावलले उम्मेदवारी दिँदैछन् ।