NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

विश्वमा धेरै कमाउने ८ अभिनेता :  चौँथो नम्बरमा शाहरूख खान

काठमाडाैं । दुनियाँलाई मनोरञ्जन प्रदान गर्ने फिल्म उद्योग आम्दानीको हिसाबले शीर्ष स्थानमा छ । त्यो चाहे बलिउड होस् या हलिउड ।

फिल्म क्षेत्रबाटै एक अभिनेता होस् या अभिनेत्री हिट भएसँगै कमाई पनि त्यही अनुसारको तीव्र रूपमा बढ्दै जान्छ  । साथै उनीहरूको जीवनशैली, विलासिता त्यही अनुरूप बन्दै जान्छ । विश्वमा सबैभन्दा धेरै कमाउने अभिनेताको बारेमा धेरैलाई  थाहा नहुन सक्छ । यसबारे हेराैं :

संसारकै धनी अभिनेता

वर्ल्ड अफ स्ट्याटिस्टिक्सले ट्वीटरमार्फत विश्वकै धनी अभिनेताको नाम सार्वजनिक गरेका छन् । जसमा कुल सम्पत्तिको तथ्यांक पनि खुलाएको छ । वर्ल्ड अफ स्ट्याटिस्टिक्सका अनुसार विश्वकै सबैभन्दा धेरै कमाउने अभिनेतामा जेरी सिनफिल्ड हुन् । उनी अमेरिकन हास्य कलाकार हुन् । उनको कुल सम्पत्ति एक अर्ब डलर छ ।

सोही लिस्टको दोस्रो नम्बरमा अमेरिकन फिल्म उद्योगकै कमेडियन, निर्माता तथा पटकथा लेखक टेलर पैरी छन् । उनको सम्पत्ति पनि एक अर्ब डलर रहेको अनुमान छ । तेस्रो नम्बरमा ‘द राँक’  नामबाट चर्चित अभिनेता ड्वेन जोनसोन रहेका छन् । उनको कुल सम्पत्ति ८ सय मिलियन डलर छ ।

बलिउड अभिनेता शाहरूख खान चौँथो नम्बरमा

वर्ल्ड अफ स्ट्याटिस्टिक्सका अनुसार धनी कलाकारको सूचीमा भारतीय अभिनेता शाहरूख खान चौँथो नम्बरमा छन् । बलिउडमा किङ खान भनेर चिनिने अभिनेता शाहरूखको सम्पत्ति ७७० मिलियन डलर छ । त्यस्तै पाँचांमा अमेरिकाकै मिसन इम्पोसिबल सिरिजका अभिनेता टम क्रुज छन् । उनको सम्पति ६२० मिलियन डलर छ ।

ताजा अपडेट

नेपालवाच विशेष