राष्ट्रपति डिना बोलुआर्टमाथि अनुसन्धान सुरू
एजेन्सी । पेरुका राष्ट्रपति डिना बोलुआर्टमाथि सरकार विरोधी प्रदर्शनमा दमन गरेको अभियोगमा अनुसन्धान थालिएको छ ।
गत डिसेम्बरदेखि भएका सरकार विरोधी प्रदर्शनमा कम्तीमा ४० जना मारिएपछि राष्ट्रपतिको भूमिकालाई लिएर छानबिन थालिएको हो ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीच सोमबार भएको झडपमा १८ जनाको मृत्यु भएपछि मङ्गलबार हिंसात्मक प्रदर्शन दबाउन सरकारले दक्षिणी पुनो क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । अपुरिमक, ला लिबर्टाड, पुनो, जुनिन, अरेक्विपा र अयाकुचो क्षेत्रमा सरकार विरोधी प्रदर्शनका क्रममा भएका दमनमा राष्ट्रपतिको भूमिकालाई लिएर अनुसन्धान भइरहेको सरकारी अभियोजन कार्यालयले जनाएको छ ।
डिसेम्बर ७ मा पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थकहरूले बोल्वार्टेविरुद्ध आन्दोलन गर्दै आएका छन् । जारी विरोध प्रदर्शन दबाउन राज्यशक्तिको प्रयोग हुँदा कैयौँ नागरिकको मृत्यु भएकामा पेरुस्थित राष्ट्रसङ्घीय कार्यालयले गहिरो चिन्ता व्यक्त गरेको छ ।
हिंसात्मक गतिविधि परित्याग गर्न सम्बद्ध पक्षलाई आग्रह गर्दै राष्ट्रसङ्घले शान्तिपूर्ण विरोध गर्ने अधिकार एवम् आधारभूत मानव अधिकारको सम्मान गर्न आग्रह गरेको छ ।
पेरुका प्रभावशाली क्याथोलिक गिर्जाघरका नेताहरूले देशमा भड्किएको हिंसालाई मुलुक युद्धको अवस्थामा पुगेको टिप्पणी गरेका छन् । राज्य बर्बर बनेको आरोप लगाउँदै उनीहरूले संयमित हुन सम्बद्ध पक्षसँग अनुरोध गरेका छन् ।
पुनाको क्षेत्रीय सरकारले तीन दिनको शोकको घोषणा गर्दै राष्ट्रपति बोल्वार्टेलाई पदत्याग गर्न आह्वान गरेको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया