एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलालको जन्मदिनको अवसरमा वृक्षरोपण
काठमाडाैं । एभी दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड़को ७६ औं जन्म उत्सवको अवसरमा दुगड़का सम्पूर्ण कर्मचारीहरुद्धारा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ ।
वातावरणमैत्री शैलीमा प्रकृतिको आवश्यकता अनुसार विग्रदै गएको वातावरणलाई ध्यानमा राखी गत वर्ष ७५ औ जन्म उत्सवको अवसरमा ५० हजार बोटविरुवा वृक्षरोपण गरेको जनाएको छ ।
देशका विभिन्न ठाउँमा रहेका दुगड ग्रुपका शाखाहरुबाट ६ सय ६६ युनिट रगत (६६६) संकलन गरिएको थियो । त्यसैगरि सोलुखुम्बु र रामेछाप जिल्लाका विभिन्न ठाउँमा आयोजना गरिएको आँखा शिविरमा कुल ९५० जनाको आँखा जाँच गरिएको थियो भने ६३ जनाको निःशुल्क रुपमा आँखाको शल्यक्रिया गरिएको थियो ।

यसैगरि विरगञ्जमा रहेको मानव सेवा आश्रमका ६४ जना वृद्धालाई दिवा भोजनकोसमेत व्यवस्था गरिएको थियो र प्रदेश नम्बर दुईको पथलैया बारा जिल्लमा ट्राफिक बिट पोस्ट बनाएर प्रहरिलाई हस्तांतरण गरिएको थियो ।
यस वर्ष भने दुगड़ गु्रपको हाइड्रोपावर तथा प्रशारण लाईन सञ्चालित रामेछाप तथा सोलुखुम्बु जिल्लाअन्तर्गतका विभिन्न सामुदायिक वनहरुमा आधिकारिक रुपमा डिभिजन कार्यालय रामेछाप तथा गौरीशंकर संरक्षण क्षेत्र केन्द्रिय कार्यालय, सिंगटी दोलखाको सिफारिसमा वृक्षरोपण कार्य सम्पन्न गरिएको भएको ग्रुपले जनाएको छ ।

त्यसका साथै उक्त हाइड्रोपावर क्षेत्रका स्थानीय वासिन्दाहरुलाई करिव ३०० वटा विभिन्न फलफुल प्रजातिका विरुवाहरु निःशुल्क रुपमा समेत वितरण गरिएको थियो । साथै लिखु – ए परियोजना अवलोकन गर्ने गरि पर्यटक र बटुवाहरुलाई बिश्राम गर्न र बाँध अवलोकन गर्न सकिने ठाँउमा गोल राम्रा ३ सेडहरु र लिखु – २ को बाँध र लिखु – १ को पावर हाउस अवलोकन हुने गरि सेल्फी डाँडामा पर्यटक र बटुवाहरुको बिश्राम स्थल निर्माण गरिएको छ । साथै भँडार अस्पतालमा आधुनिक एक्सरे मशिन उपलब्ध गराइएको छ ।
त्यसैगरी अटो डिभिजनअन्तर्गत नेपाल भरिका विभिन्न स्थानहरुमा कर्मचारीद्धारा वृक्षारोपण गरी विभिन्न प्रजातिका बोट विरुवाहरुको स्याहार, सम्भार तथा उचित हेरचाह सहितको रिर्पोट नै तयार पारिएको छ । जसअन्तर्गत काठामाडौंको बालाजुमा अवस्थित औद्योगिक क्षेत्र परिसरमा गत वर्ष रोपिएका १६० वटा बोट विरुवा, यसैगरि केदारनाथको शिर डोलेश्वर महादेव भक्तपुरमा रोपिएका ५५ वटा र बाँकी देशका बिभिन्न शाखाहरुमा २८५१ वटा गरी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कुल संख्या ३०६६ वटा बोट विरुवाको वृक्षारोपण गरिएको छ ।
अर्को वर्ष अर्थात् ७७ औं जन्म उत्सवको अवसरमा फेरि पनि थप ५०,००० (पचास हजार) बोट विरुवाहरुको वृक्षारोपण गर्ने लक्ष्य ग्रुपले राखेको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया