पाँच महिनामा ९२ अर्ब ७८ करोड बराबरको धितोपत्र सूचीकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ९२ अर्ब ७८ करोड रूपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा ३५ अर्ब बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड बराबरको ऋणपत्र, ११ अर्ब ५० करोड बराबरको साधारण शेयर, नौ अर्ब ७४ करोड बराबरको बोनस शेयर, चार अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र रु तीन अर्ब ५९ करोड बराबरको हकप्रद शेयर गरी कूल रु ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।
त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु सात अर्ब २० करोड बराबरको डिबेन्चर, रु पाँच अर्ब ९५ करोड बराबरको म्युचुअल फण्ड, रु दुई अर्ब ४५ करोड बराबरको साधारण शेयर र रु ९५ करोड बराबरको हकप्रद शेयर गरी कूल रु १६ अर्ब ५५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको सार्वजनिक विवरणमा उल्लेख छ । नेप्सेमा चालु आवको मङ्सिर मसान्तमा सूचीकृत छ अर्ब ९३ करोड शेयरको चुक्ता मूल्य रु छ खर्ब ८३ अर्ब ७६ करोड रहेको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया