जसलाई बनाउँदै छ रविको पार्टीले मन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । सत्तासाझेदार दलबीच मन्त्रालय भागबण्डा टुंगिएपछि दोस्रो पटक दाहालको मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।
संविधानको धारा ७६(२) अनुसार गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त दाहालले ११ गते दुई उपप्रधानसहित चार मन्त्री लिएर शपथ लिएका थिए ।
मौजुदा मन्त्रिपरिषद्मा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीन मन्त्री र एक राज्य मन्त्री दिने सहमति बनेको छ । लामिछाने उपप्रधानसहित गृह मन्त्री भइसकेकाले अब यो दलले दुई मन्त्री र एक राज्य मन्त्री छनोट गर्नुपर्नेछ ।
आफ्नो पार्टीले पाएको शिक्षा र श्रम मन्त्रालयमा रास्वपाले क्रमशः शिशिर खनाल र डिपी अर्याललाई पठाउने तयारी गरेको छ । तर श्रम मन्त्रालयमा विराजभक्त श्रेष्ठले पनि दाबी गरेकाले निश्चित भइसकेको छैन ।
रास्वपाको भागमा परेको एक राज्यमन्त्रीमा भने डा. तोसिमा कार्की या सोविता गौतममध्ये एकलाई पठाउने बताइएको छ । तथापि, अहिलेसम्म टुंगिएको छैन । रास्वपामा मन्त्री छनोट गर्ने जिम्मा सभापति लामिछानेलाई दिइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया