NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

राप्रपाको भागमा तीन मन्त्रालय, नेतृत्व लिङ्देनले गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीे सरकारमा पठाउने मन्त्रीहरू टुंग्याउने अन्तिम गृहकार्य जुटेको छ । मंगलबार मन्त्रिपरिषद् विस्तार गर्नेगरी सत्तासाझेदार दलले मन्त्रालय भागबण्डा टुंग्याएपछि राप्रपामा मन्त्री छनोट गर्ने चटारो परेको हो ।

सत्तासाझेदार दलबीच राप्रपालाई तीन मन्त्रालय र एक राज्यमन्त्री दिने सहमति बनेको छ । आकांक्षीको तुलनामा मन्त्रालय थोरै भएपछि राप्रपाले क–कसलाई सरकारमा पठाउने निर्णय लिन सकेको छैन ।

स्रोतका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानसहित एक मन्त्रालय लिएर पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने टुंगो लागिसकेको छ । राप्रपाको भागमा ऊर्जा, खेलकुद र सहरी विकास मन्त्रालय परेको बताइन्छ । सम्भवतः लिङ्देनले उपप्रधानसहित ऊर्जा मन्त्रालयको जिम्मेवारी लिनेछन् । अन्यमा भने विवाद छ । ध्रुवबहादुर प्रधान, दीपकबहादुर सिंह, धवलशमशेर राणा, दीपक बोहोरा र विक्रम पाण्डेले सरकारमा जाने आकांक्षा देखाएका छन् । यसमध्ये प्रधानले सहरी विकास मन्त्रीको दीपकबहादुर सिंहले राज्यमन्त्रीको जिम्मेवारी पाउने सम्भावना छ । खेलकुद मन्त्रालयमा भने धवलशमशेर राणा, दीपक बोहरा र विक्रम पाण्डेमध्येबाट कुनै एकलाई पठाउने गरी राप्रपामा छलफल चलेको छ । स्रोतका अनुसार, राप्रपाले प्रत्यक्षमा निर्वाचितलाई पहिलो प्राथमिकता दिने मापदण्ड बनाएको छ ।