३२ अंकले बढ्यो नेप्से, ३ अर्ब ७२ करोडको कारोबार
काठमाडौं । मंगलबार नेप्से दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार मंगलबार नेप्से ३२.७२ अंकले बढेर २१८२.११ विन्दुमा पुगेको छ ।
मंगलबार ६३ हजार ४३० पटकमा १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज बैंकिङबाहेक सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ ०.३२ विन्दुले घटेको छ ।
नेप्सेका अनुसार विकास २.६६, वित्त ३.६०, होटल तथा पर्यटन ५.१२, वित्त ५.०४, लगानी २.९१, जीवन बीमा १.४३, उत्पादन ०.०९, लघुवित्त १.१७, सामूहिक लगानीकोष ०.५६, नीर्जीवन १.२७, अन्य २.६४, व्यापार ०.२४ प्रतिशतले बढेको छ ।
त्यस्तै आज ग्रिनभेञ्चर, आदर्श लघुवित्त र पिपुल्स हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । आज प्रभु सेलेक्ट फण्डका लगानीकर्ताले सर्वाधिक ८.४५ प्रतिशतका दरले गुमाएका छन् ।
मंगलबार अपि पावर कम्पनीले सर्वाधिक २३ करोड २६ लाख ८ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै अप्पर तामाकोसी हाइड्रोपावर ११ करोढ ३८ लाख, न्यादी पावर कम्पनी १० करोड ४८ लाख, रिदी पावर ९ करोड ४ लाख र हिमालयन डिष्टिलरी ८ करोड १७ लाख रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया