NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा खसआर्यको बाहुल्यता, कुन क्लस्टरबाट कति प्रतिशत सहभागी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २३ दिनमा मौजुदा मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन दल एमाले, माओवादी, रास्वपा, राप्रपालाई समेटेर मन्त्रिपरिषद पुनर्गठन र हेरफेर गरेका हुन् । मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै जसपा सरकारमा सहभागी भएको छैन । जनमत पार्टीले आफूले दाबी गरेको मन्त्रालय नपाएपछि शपथग्रहण कार्यक्रम बहिस्कार गरेको छ ।

११ पुसमा प्रधानमन्त्रीको शपथपछि विस्तार गरिएको मौजुदा मन्त्रिपरिषदमा जपाबाट बिना विभागीय मन्त्री रुपमा अब्दुल खानले शपथ लिएका थिए । जपाले उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दाबी गरेको थियो तर उद्योगमन्त्री एमालेले लिएपछि खानको भागमा खानेपानी मन्त्रालय परेको थियो । आफूसँग परामर्श नगरी उद्योग मन्त्रालय एमालेलाई दिएपछि जपा असन्तुष्ट देखिएको छ । सरकार समर्थित अर्को घटक नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

मन्त्रालय भागबण्डामा जसपा र जपा असन्तुष्ट भएपछि मन्त्रिपरिषदले अझै पूर्णता पाएको छैन । जसपाको भागमा परेको वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्री आफैले राखेका छन् । २३ सदस्यीय मन्त्रिपरिषदमा १७ जना नयाँले अवसर पाएका छन् ।

मन्त्री हुनेमा खस आर्यबाट धेरै छन् । खस आर्यबाट प्रधानमन्त्री, दुई उपप्रधानमन्त्रीसहित १३ जना अर्थात् ५६. ५२ प्रतिशत मन्त्री रहेका छन् ।

दोस्रोमा जनजातिबाट दुई उपप्रधानमन्त्रीसहित ५ जना मन्त्री भएका छन् । मन्त्रिपरिषदमा जनजातिको उपस्थिति २१.७३ प्रतिशत  रहेको छ । महिलाको उपस्थिति २६.०८ प्रतिशत छ ।

प्रचण्ड नेतृत्वको सरकारमा दुई राज्यमन्त्रीसहित ६ जना मन्त्री सहभागी छन् । यसैगरी दलितबाट २ जना, मुस्लिम, मधेशी र थारुबाट एक÷एक जना मन्त्री भएका छन् ।

सरकारमा कुन क्लस्टरबाट कति प्रतिशत मन्त्री सहभागी छन् ?

खसआर्य (५६.५२) प्रतिशत

पुष्पकमल दाहाल, प्रधानमन्त्री

विष्णुप्रसाद पौडेल, उपप्रधान तथा अर्थ

रवि लामेछाने, उपप्रधान तथा गृह

रेखा शर्मा, सञ्चारमन्त्री

विक्रम पाण्डे, सहरी विकास

दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति

विमला राई पौडेल, परराष्ट्र

पदम गिरी, स्वास्थ्यतथा जनसंख्या

हरिप्रसाद उप्रेती, रक्षा

शिशिर खनाल, शिक्षा, विज्ञान तथा प्रविधि

डोलप्रसाद अर्याल, श्रम रोजगार तथा सामाजिक सुरक्षा

तोसिमा कार्की, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

दिपकबहादुर सिंह, उर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री

जनजाति(२१.७३) प्रतिशत

नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात

राजेन्द्रप्रसाद लिङ्देन, उर्जा जलस्रोत तथा सिँचाइ

राजेन्द्र कुमार राई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

सुदन किराँती, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

धुव्रबहादुर प्रधान, कानुन, न्याय तथा मामिला

थारु(४.३४) प्रतिशत

भगवती चौधरी, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

दलित(८.६९) प्रतिशत

अमनलाल मोदी, संघीय मामिला तथा प्रशासनमन्त्री

शुशिला सिर्पाली ठकुरी, संस्कृति,पर्यटन तथानागरिक उड्डयन, राज्यमन्त्री

महिला(२६.०८) प्रतिशत

रेखा शर्मा, सञ्चार

ज्वालाकुमारी साह, कृषि तथा पशुंक्षी विकास

विमला राई पौडेल, परराष्ट्र

भगवती चौधरी, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

शुशिला सिर्पाली ठकुरी, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री

डा.तोसिमा कार्की, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

मधेसी(४.३४) प्रतिशत

ज्वालाकुमारी साह, कृषि तथा पशुंक्षी विकास

मुस्लिम(४.३४) प्रतिशत

अब्दुलखान, खानेपानीमन्त्री

नयाँ अनुहार(७३.९१) प्रतिशत

तोसिमा कार्की, स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री

रबि लामेछाने, गृह

राजेन्द्रप्रसाद लिङ्देन, उर्जा जलस्रोत तथा सिँचाइ

शिशिर खनाल, शिक्षा, विज्ञान तथा प्रविधि

सुदनकिराँति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

राजेन्द्र कुमार राई, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण

विमला राई पौडेल, परराष्ट्र

भगवती चौधरी, महिला,बाल बालिका तथा ज्येष्ठ नागरिक

अमनलाल मोदी, संघीय मामिला तथा प्रशासन

शुशिलासिर्पाली ठकुरी, संस्कृति,पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री

ज्वालाकुमारी साह, कृषि तथा पशुंक्षी विकास

अब्दुल खान, खानेपानी

दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति

पदम गिरी, स्वास्थ्य तथा जनसंख्या

हरिप्रसाद उप्रेती, रक्षा

डोलप्रसाद अर्याल, श्रम रोजगार तथा सामाजिक सुरक्षा

दिपकबहादुर सिंह, उर्जा जलस्रोत तथा सिँचाइराज्यमन्त्री