महालक्ष्मी बैंकका ग्राहकले स्टार हस्पिटल र अल्फा केयरमा १५ प्रतिशत छुट पाउने
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले दुई अस्पतालमा आकर्षक छुट पाउने भएका छन् ।
बैंकका ग्राहकहरुले ललितपुरको स्टार हस्पिटल लिमिटेड र नयाँ बानेश्वर अल्फा केयर प्रालिले दिने सेवामा आकर्षक छुट पाउने भएका हुन् । छुट दिनेसम्बन्धमा मंगलबार बैंकले यी दुई स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ ।
सम्झौतासँगै ग्राहकले स्टार हस्पिटलका सेवाहरुमा अधिकतम १५ प्रतिशत र अल्फा केयरका सेवाहरुमा अधिकतम १५ प्रतिशत को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट स्वास्थ्य उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ स्वास्थ्य उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया