दक्षिण कोरियाली हास्य अभिनेता किम ब्युङ-म्यान नेपाल भ्रमणमा

काठमाडौं । चर्चित दक्षिण कोरियाली अभिनेता किम ब्युङ-म्यान नेपाल भ्रमणमा आइपुगेका छन् । उनी कोरियाली कलाकारको टोलीसहित काठमाडौं आइपुगेका हुन् ।
उनले पर्यटकीय नगरी पोखरा र अन्नपूर्ण क्षेत्रमा भ्रमण गर्ने पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका अनुसार उनको भ्रमणको उद्देश्य दक्षिण कोरियाली पर्यटकलाई नेपाल भ्रमणमा आकर्षित गर्नु रहेको छ । उनी पोखरामा गुरूङ समुदायको भेषमूषामा सजिएको तस्विरसमेत सार्वजनिक भएको छ ।
अभिनेता किम नेपाल पर्यटन बोर्डका सद्भावना दूत समेत रहेका छन् । उनी कोरियाली फिल्म र टेलिभिजन सिरिजमा हास्य कलाकारको रुपमा समेत चर्चित छन् । साथै दक्षिण कोरियाली टीभी सिरिज ‘ग्याग कन्सर्ट’मा उनले गरेको अभिनय स्ल्यापस्टिक, एक्रोबेटिक स्टन्टको रुपमा चर्चित छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया