सत्ता गठबन्धनबाट सभामुखमा एमालेका घिमिरेले दिए उम्मेदवारी, निष्पक्ष भएर काम गर्ने प्रतिवद्धता

काठमाडौं । एमालेबाट प्रस्तावित सभामुखमा देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनको तर्फबाट घिमिरेले बुधबार नयाँ बानेश्वारस्थित संसद भवनमा पुगेर सभामुखमा उम्मेदवारी दर्ता गरेका हुन् ।
उनको प्रस्तावकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र समर्थनमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष एवम् उर्जामन्त्री राजेन्द्र लिङ्देन रहेका छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले प्रतिनिधिसभालाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने बताएका छन् ।
‘म त्यो जिम्मेवारीमा पुग्ने निश्चित छ । हिजोका शिक्षाबाट पाठ सिकेर आरोप–प्रत्यारोपबाट मुक्त हुन्छ । सदन तटस्थ रहेर चलाउँछु, उनले भने, ‘प्रतिनिधिसभाबाट विजय भएपछि सभामुखले खेल्ने भूमिका के हुन्छ‚ त्यो भूमिकामा कम रहन दिन्न ।’
मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी झापा–२ बाट पहिलोपटक सदस्यमा निर्वाचित भएका थिए । उसअघि ०५६ मा राष्ट्रिय सभा सदस्य चुनिएका थिए । त्यसयता राज्यका कुनै पदमा पनि सहभागी भएका थिएनन् । घिमिरे एमालेभित्र इमान्दार नेताका रुपमा चिनिन्छन् । उनी एमाले स्थायी कमिटी सदस्यसमेत हुन् ।
ताजा अपडेट
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
प्रतिक्रिया