६ महिनामा तनहुँको विकास बजेट ६.३७ प्रतिशत खर्च
तनहुँ । तनहुँमा चालू आर्थिक वर्षमा विकास बजेट खर्च न्यून देखिएको छ । चालू आर्थिक वर्ष ०७९/८० को छ महिनाको अवधिमा तनहुँमा विकास बजेटतर्फ ६.३७ प्रतिशत मात्रै बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।
पूँजीगततर्फ संघीय सरकारमार्फत तीन अर्ब १५ करोड १२ लाख ३८ हजार तीन सय ९० विनियोजन भएकामा यस अवधिमा रु २० करोड नौ लाख १९ हजार चार सय ६३ खर्च भएको प्रमुख कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए ।
त्यस्तै चालूतर्फ ३८.७६ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ रु आठ अर्ब ३८ करोड ७४ लाख १४ हजार सात सय ३८ विनियोजन भएकामा रु चार अर्ब २७ करोड २४ लाख ६० हजार ९९ खर्च भएको कार्यालयले जनाएको छ ।
प्रदेश सरकारमार्फत विनियोजित बजेटमध्ये पूँजीगततर्फ १०।५४ प्रतिशत बजेट खर्च भएको छ । ६ महिनाको अवधिमा संघ सरकारभन्दा प्रदेश सरकार मातहतका कार्यालयले विकास बजेट बढी खर्च गरेका छन् । पूँजीगततर्फ रु दुई अर्ब ६० करोड तीन लाख ३१ हजार विनियोजन भएकामा रु २८ करोड ३६ लाख ३५ हजार छ सय १३ खर्च भएको कार्यालयले जनाएको छ ।
त्यस्तै, चालूतर्फ रु ८२ करोड ७१ लाख तीन हजार ६७ विनियोजन भएकामा १२.३१ प्रतिशत बजेट खर्च भएको छ । योजना छनोट गरेर लागू गरेपछि बोलपत्र प्रक्रिया हुने, बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्दा सुरुका केही महिनामा काम ढिला हुने गरेकाले कम खर्च देखिने बताइएको छ । अन्य महिनामा भन्दा असार महिनामा धेरै बजेट खर्च हुने गरेको भट्टराईको भनाइ छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया