नेप्सेमा गिरावट, कारोबार रकम बढ्यो

काठमाडौं । बुधबार सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बुधबार नेप्से ९.०१ अंकले घटेर २१७३.१० विन्दुमा झरेको छ ।
बुधबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आज कुल २४८ स्टककत्र ६९ हजार ६३७ पटक कारोबारमा १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रूपैयाँको कारोबार भएको छ ।
मंगलबार ६३ हजार ४३० पटकमा १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रूपैयाँ बराबरको कारोबार भएको थियो ।
आज तीन उपसमूहबाहेक सबै उपसमूह घटेको छ । विकास बैंक, जलविद्युत र सामूहिक लगानीकोषको क्रमश : ०.४६,०.८४ र ०.२१ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार बैंकिङ ०.७२, वित्त ०.८७, होटल तथा पर्यटन ०.८०, लगानी ०.८९, जीवन बीमा १.०६, उत्पादन ०.७९, लघुवित्त ०.०२, नीर्जीवन १.०५, अन्य ०.२०, र व्यापार सर्वाधिक ७.०९ प्रतिशतले बढेको छ ।
आज पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर, हिमालय उर्जा विकास कम्पनी र ग्रिन भेञ्चरको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सर्वाधिक ७.८९ प्रतिशतले गुमाएका छन् ।
बुधबार कारोबार रकमको आधारमा रिदी पावर कम्पनीको सर्वाधिक ३५ करोड ७८ लाख ५४ हजार रूपैयाँको कारोबार भयो । अपि पावर कम्पनी १९ करोड ७६ लाख, नेशनल हाइड्रोपावर कम्पनी १४ करोड ८८ लाख अरूण पावर हाइड्रोपावरफ १२ करोड ७ लाख र अप्पर तामाकोशी ९ करोड ७३ लाख रूपैयाँ बराबरको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया