नेपाल टेलिकमको सेवामा समस्या आए १४९८ र १९८ मा कल गर्ने सकिने

काठमाडौं । नेपाल टेलिकममा मंगलबार १२ बजेदेखि केही समय प्राविधिक समस्या देखियो । उक्त समस्या टेलिकमले समाधान गरेको जनाएको छ ।
प्राविधिक समस्या समाधानपश्चात पनि टेलिकमले ‘समाधान भइसकेपश्चात पनि छोटो अवधिमा रोकिएका कलहरुको संख्यामा एक्कासी अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदान प्रदानमा ग्राहकले असजिलोपन व्यहोर्नुपरेको जनाउँदै टेलिकमले ग्राहकवर्गमा परेको असुविधाप्रति क्षमा मागेको छ । तर प्राधिकरणले के कारणले समस्या देखियो सो बारे भने जानकारी गराएको छैन ।
कम्पनीले यस्ता समस्या भविष्यमा दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने बताएको छ । साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवाहरुमा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनी सम्पूर्ण ग्राहकहरुमा अनुरोध गर्दछ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया