NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

देउवा सरकारले छिमेक सम्बन्ध असन्तुलित बनायो : ओली

काठमाडौं । सत्तारूढ दल एमालेका अध्यक्ष केपी ओलीले छिमेक सम्बन्धलाई देउवा नेतृत्वको सरकारले तनावग्रस्त बनाएको आरोप लगाएका छन् ।

एमालेको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले छिमक सम्बन्धलाई कृतिम अनावश्यक ढंगले असन्तुलित बनाएको आरोप लगाएका हुन् ।

‘देउवा सरकारले हाम्रो अन्तराष्ट्रिय सम्बन्ध विवादास्पद र असन्तुलित ढंगले चलाउन खोजियो । कसैका निम्ति काम गर्ने, कसैलाई प्रोभक गर्ने गैरजिम्मेवार प्रवृत्तिहरू देखा परे । अघिल्लो सरकारका कारण नेपालको छिमेक सम्बन्ध बिग्रियो’, पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आरोप लगाए ।

विदेश मामिलामा सम्पूर्ण राष्ट्रिय शक्ति एकजुट हुनुपर्नेमा अघिल्लो सरकारले देशभित्र तनाब बढाउने, बाह्य शक्तिसँग आफूअनुकुल साँठगाँठ गर्ने काम गरेको ओलीको आरोप छ । अघिल्लो सरकारले गरेको गल्तीलाई नयाँ सरकारले करेक्सन गर्दै आन्तरिक अवस्था र नीति अनुकुल बाह्य सम्बन्ध अघि बढाउने ओलीले बताए ।