सरकारी निकायमा फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुन्छ : उर्जामन्त्री लिङ्देन
काठमाडौं । उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुने जिकिर गरेका छन् ।
शुक्रबारबाट काठमाडौंको भृकृटीमण्डपमा सुरू भएको नेपालको इलेक्ट्रिक्स पावर लाइट्ससम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उक्त अभिव्यक्ति दिएका हुन् ।
सार्वजनिक कार्यक्रममा लामो समय पलेंटी कसेर वा उपरखट्टी लगाएर बस्ने आफूलाई छुट नभएको उनले बताए । प्रदर्शनीले नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवर्द्धन र नेपालको विद्युत नेपालमै प्रयोग गर्न मद्दत पुग्नेमा आशा गरेको उनले बताए ।
‘अब उद्योग दर्तासम्बन्धी कुनै पनि प्रक्रियाहरुका फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुने र ‘रेड ट्यापिजम’को अन्त्य गर्दै एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी हुनेछ’, मन्त्री लिङ्देनले भने ।
कार्यक्रममा मन्त्री लिङ्देनले देशभित्रका उद्योगी, व्यापारीहरुलाई ढुक्कसँग लगानी गर्न आग्रह गर्दै सरकारले लगानीकर्ताको सम्पूर्ण सुरक्षाको जिम्मा लिने र लगानीको पूर्ण ग्यारेन्टी गर्ने प्रतिवद्धता जनाए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया