२० वाणिज्य बैंकको वित्तिय विवरण सार्वजनिक, नबिलले कमायो सबैभन्दा धेरै नाफा

काठमाडौं । २० वाणिज्य बैंकरूरूले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।
वित्तिय विवरण सार्वजनिक भएका २० वाणिज्य बैंकहरूको नाफामा सामान्य सुधार भएको देखिन्छ । ती बैंकहरूले पहिलो ६ महिनामा मुनाफा ११.७१ प्रतिशतले बढेको देखिन्छ ।
पहिलो ६ महिनाको अपरिस्कृत वित्तिय विवरणअनुसार नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ ।
नबिल बैंकको नाफा तीन अर्ब ४१ करोड पुगेको छ । गत आवको सोही अवधिमा नबिलको नाफा २ अर्ब १८ करोड थियो । नबिलले नेपाल बंगलादेश बैंकलाइ प्राप्ति गरेसँगै बैंकको नाफा पनि बढेको हो ।
नबिल बैंकपछि धेरै नाफा कमाउनेमा एनआइसी एशिया बैंक रहको छ । एनआइसी एशियाले चालु आवको पहिलो ६ महिनामा नाफा ३६.२५ प्रतिशतले वृद्धि गरेर ३ अर्ब २७ करोड रूपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा एनआइसीले २ अर्ब ४० करोड नाफा कमाएको थियो ।
धेरै मुनाफा कमाउने तेस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबलले चालु आवको पुससम्ममा नाफा ४.५१ प्रतिशतले बढाएर २ अर्ब ७८ करोड कमाएको छ । गत आवको सोही अवधिमा ग्लोबलले २ अर्ब ६६ करोड नाफा कमाएको थियो ।
चौँथो धेरै मुनाफा कमाउने बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७१ करोड नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७७ करोड नाफा कमाएको थियो ।
त्यस्तै एनएमी बैंकको नाफा गत आवको तुलनामा ११ प्रतिशतले बढेर १ अर्ब ९० करोड रूपैयाँ छ । स्ट्यान्डर्ड चाटर्ड बैंक १ अर्ब ७५ करोड, एभरेष्ट बैंक १ अर्ब ५८ करोड, सानिमा बैंकको १ अर्ब २८ करोड नाफा रहेको छ ।
नेपाल एसबिआइ बैंक १ अर्ब १७ करोड, लक्ष्मी बैंक १ अर्ब ७ करोड, माछापुच्छ्रे एक अर्ब २ करोड, हिमालयन बैंक ९५ करोड, र सिभिल बैंकको नाफा ६३ करोड छ ।
चालु आवको पहिलो ६ महिनामा ७ वाणिज्य बैक घाटामा देखिएको छ ।
पहिलो ६ महिनामा कृषि विकास बैंकको नाफा सबैभन्दा बढी प्रभावित भएको छ । गत वर्षको त्रैमासमा १ अर्ब ४२ करोड नाफा कमाएको बैंकले यो त्रैमासको सोही अवधिमा १२ करोड ८९ लाख घाटा व्योहोरेको छ ।
प्राइम कमर्सियल बैंक १.१९ प्रतिशतले घाटामा गएर १ अर्ब ६५ करोड रूपैयाँ घाटामा देखिएको छ । त्यस्तै प्रभु बैंकले गत वर्षको त्रैमासमा १ अर्ब २६ करोड नाफा कमाएको बैंक सोही अविधको त्रैमासमा १ अर्ब १९ करोड घाटामा देखिएको छ ।
नेपाल बैंक लिमिटेडले गत वर्षको तुलनामा यस वर्ष १७ प्रतिशत घाटा व्योहोरेको छ । नेपाल बैंकको घाटा १ अर् १७ करोड रहेको छ ।
त्यसैगरी सिटिजन्स बैंक ८४ करोड र सनराइज बैंकलको ६५ करोड घाटा छ ।
प्रतिक्रिया