१३ अंकले घट्यो नेप्से, ३ अर्ब ८६ करोडको कारोबार

काठमाडौं । सोमबार नेप्सेमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १३. ७१ अंकले घटेर २१६५.१० विन्दुमा झरेको छ ।
सोमबार कुल २४८ स्टकको ६५ हजार १९४ पटक कारोबारमा १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ३ अर्ब ८६ करोड ४ लाख ९८ हजार ९७३ रूपैयाँको कारोबार भएको छ ।
आज बैंकिङ र म्युचल फण्डबाहेकका उपसमूह घटेका छन् । बैंकिङ १.०८ र म्युचल फण्ड ०.६६ प्रतिशतले बढेको छ ।
घटेका उपसमूहरूमा विकास बैंक २.३३, वित्त ०.३९, होटल तथा पर्यटन २.४१, जलविद्युत २.४२, लगानी १.६८, जीवन बीमा ०.८१, उत्पादन १.३८, लघुवित्त ०.८६, नीर्जीवन १.३४, अन्य १.४८, व्यापार ०.०९ प्रतिशतले घटेको छ ।
आज आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाएका छन् । त्यस्तै सानिमा जिआसी इन्स्योरेन्स र कुमारी बैंक लिमिटेडका लगानीकर्ताले ९.९९ प्रतिशतलका दरले कमाएका छन् ।
त्यसैगरी स्टान्डर्टड चाटर्ट बैंक ९.९८ र समृद्धि फाइनान्स लघुवित्तका लगानीकर्ताले ८.९७ प्रतिशतक दरले कमाएका छन् ।
सोमबार हिमालयन हाइड्रोपावर लिमिटेडक लगानीकर्ताले सर्वाधिक ७.७९ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै लिवर्टी इनर्जी कम्पनी ७.१९, सिंगटी हाइड्रो इनर्जी ६.३४, ग्रिन भेञ्चर लिमिटेड ५.९४ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले ५.६५ प्रतिशतका दरले गुमाएका छन् ।
सोमबार कारोबार रकमको आधारमा कुमारी बैंक लिमिटेडको सर्वाधिक २७ करोड ४८ लाख २८ हजार रूपैयाँ बराबरको कारोबार भयो । त्यस्तै एनआइसी एशिया १२ करोड ७५ लाख ७७ हजार, रिदी पावर कम्पनी ११ करोढड ३३ लाख २२ हजार, अपि पावर कम्पनी ११ करोड १३ लाख ८९ हजार र एभरेष्ट बैंकको १० करोड २ लाख ७१ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया