NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो साना तथा मझौला उद्यम सम्मेलन

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले पहिलो पटक काठमाडौंमा आयोजना गरेको ‘लघु, घरेलु, साना एवं मझौला उद्यम सम्मेलन २०७९’ दश बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

सोमबार ललितपुरमा सम्पन्न पहिलो सम्मेलनले प्रदेशमा हरेक वर्ष र संघमा दुई वर्षमा यस्तो सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । महासंघले २०७७ चैतमा सार्वजनिक गरेको ‘राष्ट्रिय आर्थिक रुपान्तरण, २०३०’ मा राखिएका साना तथा मझौला उद्यमलक्षित कार्यक्रम कार्यान्वयनलाई निरन्तरता दिने घोषणा पनि यो सम्मेलनले गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महासङ्घबीच २०७९ साउनमा भएको समझदारीअनुसार साना एवं मझौला उद्यमको प्रवद्र्धनका लागि निरन्तर सहकार्य गर्ने निर्णय पनि सम्मेलनले गरेको छ ।

त्यस्तै महासङ्घमा स्थापना भएको लघु, घरेलु, साना एवं मझौला उद्यम सहायता केन्द्रमार्फत उद्यमीलाई निरन्तर आवश्यक सेवा प्रदान दिने विषय घोषणापत्रमा राखिएको छ । लघु, घरेलु साना तथा मझौला उद्यमीका उत्पादनलाई देशभित्रै सञ्चालित ठूला उद्योगसँग जोड्न निरन्तर पैरवी गर्ने र स्वेदशी कच्चा पदार्थको उत्पादन बढाउन पहल गर्ने निर्णय पनि महाङ्घको यो सम्मेलनले गरेको छ ।

यस्ता उद्यमलाई वित्तीय सेवामा सहज पहुँच पु-याउन पहल गर्ने, परियोजना कर्जा सहजरुपमा पाउनसक्ने गरी नीति बनाई कार्यान्वयनमा लैजाने, उत्पादनको बजारीकरणका लागि आवश्यक नीतिगत सुधारका गर्ने तथा बजारीकरणका लागि डिजिटल प्रविधिको प्रयोग गर्दै जाने घोषणा पनि सम्मेलनले गरेको छ ।

सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा साना एवं मझौला उद्यममा पर्नसक्ने प्रभाव न्यूनीकरणका लागि सरकारसँगको सहकार्यमा रणनीति तयार पार्ने र नवप्रवर्तनकारी (स्टार्टअप) नीति तत्काल कार्यान्वयन गर्न सरकारसँग सहकार्य गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

ताजा अपडेट

नेपालवाच विशेष