राष्ट्रिय सहमतिको विषयमा मेरो कुनै स्वार्थ छैन : पौडेल
काठमाडौं । कांग्रेसका नेता रामचन्द्र पौडेलले स्वार्थका लागि आफूले राष्ट्रिय सहमतिको विषय नउठाएको दाबी गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले राष्ट्रिय आवश्यकता हेरेर अहिले पनि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए । ‘मैले अहिले मात्रै होइन, पहिलेदेखि नै राष्ट्रिय सहमतिको कुरा गर्दै आएको छु । कतिपयलाई आफ्नो स्वार्थका लागि राष्ट्रिय सहमति खोज्यो भन्ने हुनसक्छ, तर त्यो होइन,’ उनले भने, ‘देशलाई संकटबाट मुक्त गर्नु हामी सबैको कर्तव्य हुन आउँछ । यसमा मेरो केही स्वार्थ छैन ।’
अहिले मुलुकको नाजुक अर्थतन्त्र, भूराजनीतिक दबाब र शान्ति प्रक्रियाका कामको पूर्णताका लागि राष्ट्रिय सहमति जरुरी रहेको उनले बताए । निर्वाचनपछि राष्ट्रपतिको दाबेदार रहेका पौडेल कांग्रेस–माओवादी गठबन्धन भत्किएपछि राष्ट्रिय सहमतिको कुरा गर्दै आएका छन् ।
अघिल्लो सरकारले दुई–दुई पटक संसद विघटन गरेपछि देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेका उनले योपटक प्रचण्डलाई प्रधानमन्त्री बनाएर आफू राष्ट्रपति बन्ने दाउमा थिए । तर देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद लिन खोज्दा प्रचण्ड बिच्किएका थिए । सत्ता समीकरण बदलिएपछि शक्ति सन्तुलनका आधारमा राष्ट्रपति आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया